मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

धवनको शतकका वावाजुद दिल्ली पन्जाबविरुद्ध पराजित

५ कार्तिक, २०७७ ०८:२६ मा प्रकाशित

523 पटक पढिएको

kxip in ipl 2020

काठमाडौं – युएईमा जारी इण्डियन प्रेमियर लिग (आईपिएल) २०२० क्रिकेटमा किंग्स इलाभेन पन्जाबले लगातार तेस्रो जित हासिल गरेको छ । पन्जाबले मंगलबार दुबईमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको दिल्लीले म्यान अफ द म्याच शिखर धवनको शतकको मद्दतमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । धवनले ६१ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए । आईपीएलको जारी सिजनमा धवनको यो लगातार दोस्रो शतक हो । यसअघी धवनले चेन्नाई सुपरकिंग्सविरुद्ध १०१ रन बनाएका थिए ।

योसँगै उनी जारी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटरको दोस्रो नम्बरमा आइपुगेका छन् । उनले हालसम्म ४६५ रन बनाइसकेका छन् । पन्जाबका कप्तान केएल राहुल ५४० रनसहित पहिलो नम्बरमा छन् ।

पन्जाबविरुद्धको खेलमा दिल्लीका अरु कुनैपनी ब्याट्सम्यान टिक्न सकेनन् । ओपनर पृथ्वी शा ७ रनमा आउट हुँदा श्रेयस अय्यर र ऋषभ पन्तले १४–१४ रन बनाए ।

पन्जाबका लागि मोहम्मद शामीले २८ रन खर्चिएर दुई विकेट लिए । ग्लेन म्याक्सवेल, जेम्श निशम र मुरुगन आश्विनले एक–एक विकेट लिए ।

पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रनको योगदान गरे ।

आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ ।

पन्जाबको शुरुआत राम्रो थिएन । कप्तान केएल राहुल १५ रनमै आउट भएका थिए । उनलाई तेस्रो ओभरमा दिल्लीका अक्षर पटेलले आउट गरे ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका क्रिस गेलले सुरुवात राम्रो गरे तर २९ रनमा आउट भए । उनलाई छैटौं ओभरमा रविचन्द्र आश्विनले बोल्ड गरे । यसै ओभरमा मयंक अग्रवाल रनआउट भए । उनले ५ रनमात्र बनाउन सके ।

तेस्रो विकेट गुम्दासम्म पन्जाबको स्कोर ५६ रन थियो । पन्जाबमाथि दिल्ली हाबी हुन लागेको संकेत देखिएको बेला निकोलस पुरनले पन्जाबको स्कोर उकासे । उनले २८ बलमा ५३ रन जोडे । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे । दीपक होडा १५ र जिम्मी निशम १० रनमा नटआउट रहे ।

बलिङतर्फ दिल्लीका लागि कागिसो रबडाले २ विकेट लिए भने अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome