सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

उपत्यकामा ३,१०७ सहित देशभर थप ५,७४३ जनामा कोरोना पुष्टी, हालसम्म ७९१ जनाको मृत्यु

५ कार्तिक, २०७७ १६:४५ मा प्रकाशित

765 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना सहित देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंमा २३९१, ललितपुरमा १७३ र भक्तपुरमा ५४३ गरी उपत्यकामा ३ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

देशभर ४४ हजार ४७४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना रहेका छन् भने होम आइसोलेसनमा २०हजार ८ सय जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २९ सय ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

आइसीयूमा २६९ र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपालमा कोरोनाबाट ७९१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome