शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

उपत्यकामा ३ सहित थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७,४४५ पुग्यो

२ श्रावण, २०७७ १७:०० मा प्रकाशित

880 पटक पढिएको

corona positive

काठमाडौं, ०२ साउन : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सहित नेपालमा १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनासहित थप १०१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८५ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome