सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

८ विकेटको सहज जितसँगै बैंगलोर अंक तालिकाको दोश्रो स्थानमा

६ कार्तिक, २०७७ ०८:३३ मा प्रकाशित

619 पटक पढिएको

rcb in ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२० अन्तर्गत हिजो राती भएको खेलमा कोलकाता नाइटराइडर्स विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरले ८ विकेटको सहज जित हासिल गरेको छ । जितसँगै बैंगलोर १४ अंक बनाउँदै आईपीएल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । कोलकाताको प्रदर्शन खराब रह्यो । शुभम गिल र राहुल त्रिपाठी १–१ रनमा आउट भए । नितिश रानाले खाता नै खोल्न सकेनन् । टम ब्यानटन १० र दिनेश कार्तिक ४ रनमा आउट हुँदा इयान मोर्गनले ३० रन जोडे । फर्ग्युसन १९ रनमा नटआउट रहे ।

बैंगलोरका लागि मोहम्मद सिराजले ३ विकेट लिए । सिराज म्यान अफ द म्याच भए । यसैगरी युजवेन्द्र चहलले २ तथा नवदीप सैनी र वाशिङ्गटन सुन्दरले एक–एक विकेट झारे ।

८५ रनको सहज लक्ष्य बैंग्लोरले १३.३ ओभरमा दुई विकेट गुमाउँदै हासिल गर्यो । बैंगलोरका देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ४६ रन साझेदारी गरे । पडिक्कल १७ बलमा २५ रन बनाएर आउट भए । फिन्चले १६ रन जोडे । त्यसपछि बैंगलोरका कप्तान विराट कोहलीले नटआउट १८ र गुरकिरत सिंहले नटआउट २१ रन थपे र बैंग्लोरले आठ विकेटको सहज जित हासिल गर्यो ।

कोलकाताका लागि फर्ग्युसनले १७ रन खर्चेर दुई विकेट लिए ।

५ हार व्यहोरेको कोलकाता १० अंकसहित चौथो स्थानमा छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome