शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

कोरोनाका कारण बीपी प्रतिष्ठानकी महिला कर्मचारीको मृत्यु

६ कार्तिक, २०७७ १६:३६ मा प्रकाशित

321 पटक पढिएको

corona patient dies

धरान – कोरोना भाइरस संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु भएकी उनी प्रतिष्ठानको महिला होस्टेलकी इन्चार्ज हुन्।

प्रतिष्ठानका सहायक प्रवक्ता डा. आषिश श्रेष्ठका अनुसार कोरोना पोजिटिभ देखिएपछि ती कर्मचारी कात्तिक ३ गते अस्पताल भर्ना भएको गरिएको थियो । शवको व्यवस्थापनको पहल भइरहेको डा. श्रेष्ठले बताए ।

योसँगै सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ भने संक्रमितको संख्या ४ हजार ५ सय दश पुगेको छ । जसमध्ये एक हजार ८ सय ७३ जना निको भइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए ।

सुनसरीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भएसँगै अस्पतालले भर्ना लिन नमानेपछि २ हजार संक्रमित होम आइसोलेसनमै छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome