बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

नक्कली नोट दिएर सामान किन्न खोज्ने एक पक्राउ

६ कार्तिक, २०७७ १६:३८ मा प्रकाशित

312 पटक पढिएको

fake notes

चितवन – नक्कली नोट बोक्नेलाई चितवन प्रहरीले पक्राउ गरेको छ । नक्कली नोटले सामान किन्ने क्रममा चितवनमा एकजना पक्राउ परेका छन् । पसलमा सामान किन्दा नक्कली नोट दिएर फरार भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान किनेपछि फरार भएका प्रहरीले मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुखनान्ती राज गुरुङले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित उनलाई पक्राउ गरेको हो ।

राप्ती नगरपालिका–५ चौकीडाँडामा १२ हजार नक्कली नोट सहित पक्राउ गरेको थियो । लोप्चनको घर खानतलासी गर्दा बाँकी नोट घरमा लुकाइ रहेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । खाजा खाएबापत रकम तिर्न नक्कली नोट दिएपछि लोप्चन पक्राउ परेका हुन्। नजिकैको पसलमा खाद्यान्न किनेका थिए।

उनलाई अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । लोप्चनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धान चलाउने तयारी गरेको छ । उक्त कानुनी व्यवस्थाअनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome