सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

६ कार्तिक, २०७७ १६:४२ मा प्रकाशित

420 पटक पढिएको

accident grahic

काठमाडौं – शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताए। उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome