शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

फेरि अर्को ट्याङकरमा आगलागी : किन पटक-पटक दोहोरिँदै छ ?

६ कार्तिक, २०७७ १६:५६ मा प्रकाशित

384 पटक पढिएको

fuel tank on fire

कपिल शर्मा अधिकारी

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७ भलवारीस्थित नेपाल आयल निगम सम्भावित ठुलो क्षती हुनबाट जोगिएको छ ।

आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएपनि तत्काल नेपाली सेना र त्यहा रहेको कर्मचारीहरुको प्रयासमा नियन्त्रणमा आएको छ ।

भारतबाट ल्याईएको पेट्रोल डिपोमा चेकजांच गरेर निस्किने क्रममा गेटमै विहिबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो ।

त्रिवेणी कुमार यादवको पेट्रोल भरिएको लु १ ख ८१४५ नं. ट्याङकरको क्याबिनमा आगो लागेको थियो ।

लागेको आगो निगमको डिपो भित्रै रहेको दमकलले नियन्त्रणमा लिएको आयल निगमका एक कर्मचारीले बताए । आगलागीबाट ट्याङकरको क्याबिन पूर्ण रुपमा जले पनि ट्याङकर भने भाग्यवश आगो लाग्नबाट जोगिएको छ ।

क्याविन बाहिर ट्याङकरमा आगो सल्किएको भए ठूलो क्षती हुन सक्थ्यो । तर डिपो भित्रै रहेको दमकलले तत्काल आगो नियन्त्रणमा लिएको कारण निगमको डिपो सम्भावित ठूलो आगलागी हुनबाट जोगिएको छ ।

आयल निगम भलवारी शाखाले भने आगलागीको घटना गुपचुप पार्ने प्रयास गरेको छ । निगमले आगलागीबारे बताउन चाहेन । यसअघि गत सोमबार सांझ भैरहवास्थित एभरेष्ट पेट्रोल पम्प परिसरमै रहेको ट्याङकरमा पनि आगलागी भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome