मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा १,५५२ सहित देशभर थप ३,६३७ जनामा कोरोना पुष्टी, हालसम्म ८१२ जनाको मृत्यु

६ कार्तिक, २०७७ १७:०३ मा प्रकाशित

745 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जनासहित देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १२८३ , ललितपुरमा ११२ र भक्तपुरमा १५७ गरी १५ सय ५२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५३८ जना छन्। यस्तै क्वारेन्टाइनमा तीन हजार ७५१जना छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।

आइसीयूमा २९० र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome