बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

गैंडाको खाग सहित कारोबारी पक्राउ

७ कार्तिक, २०७७ ०७:४१ मा प्रकाशित

503 पटक पढिएको

rhino horn

महानगरिय अपराध महाशाखाको टोलिले संरक्षित वन्यजन्तु गैंडाको खाग सहित एक जना कारोबारिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका ७ घर भई काठमाडौको कपन बस्दै आएका बर्ष ४९ का राजेन्द्र रिजाल रहेका छन ।

अवैध रुपमा गैंडाको खागको कारोबार भईरहेको सुचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौं जिल्ला काठमाडौको ६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट रिजाललाई पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनु भयो ।

kasturi body part with traders

त्यसैगरि प्रहरीले प्रतिबन्धित कस्तुरीको बिनासहित बिहीबार दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-८, चिसापानीका ३९ वर्षीय पासाङ लामा र सोही ठाउँका ३६ वर्षीय राजकुमार लामा छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई काठमाडौंको दरबारमार्गबाट नियन्त्रणमा लिएको हो ।

बिहीबार दिउँसो कस्तुरीको २७ ग्राम बिनासहित उनीहरुलाई पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनु भयो ।

कस्तुरीको बिना अवैध रुपमा बिक्री-वितरणका लागि लुकाइ-छिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान टोली खटिएको थियो ।

उनीहरुको साथबाट विभिन्न कम्पनीका चार थान मोबाइलहरु समेत बरामद गरिएको महाशाखाका प्रमुख थापाले बताउनु भयो ।

phones seized

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome