बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

आगामी पाँच दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने

७ कार्तिक, २०७७ ०७:५५ मा प्रकाशित

529 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – आज (शुक्रबार) देखि पाँच दिन स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को प्रेस बिफ्रिङ नगर्ने भएको छ । गएको चैतको दोस्रो हप्तादेखि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित रूपमा गर्दै आएको प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले आज कात्तिक ७ गतेदेखि ११ गतेसम्मका लागी स्थगित गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने उहाँको भनाइ छ । दशैँको बिदाका समयमा दिउँसो चार बजे नै मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा कोरोना अपडेट गराइने छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome