सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

मुख्यमन्त्री पौडेल दम्पतिलाई कोरोना संक्रमण

७ कार्तिक, २०७७ १६:५९ मा प्रकाशित

398 पटक पढिएको

cm dormani poudel

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मुख्यमन्त्री पौडेल दम्पत्तिसँगै एक जना सुरक्षाकर्मी, दुईजना चालक र एकजना कार्यालय सहयोगीमा बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

केही दिनअघिदेखि सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा रहेका पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो।

‘मुख्यमन्त्री पौडेल, उहाँका धर्मपत्नी, चालक र सुरक्षाकर्मी सबैजना सुरक्षित साथ होम आइसोलेसनमा रहनुभएको छ’, प्रेस संयोजक दाहालले भने।

कोरोना पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। कोरोनाको लक्षण देखा परेदेखि नै उनले स्वास्थ्य सावधानी अपनाएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome