बुधबार, १७ मंसिर २०७७
बुधबार, १७ मंसिर २०७७

IT Training Nepal

थप ४,४९९ जनामा कोरोना पुष्टी, हालसम्म ८२९ जनाको मृत्यु

७ कार्तिक, २०७७ १७:०९ मा प्रकाशित

379 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

देशभर ४६ हजार ६ सय ९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै आइसोलेसनमा ४६ हजार ६सय ९१ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ५ सय ९० जना रहेका छन्।

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ८ सय २९ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome