सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

चेन्नईविरुद्ध १० विकेटको शानदार जित निकाल्दै मुम्बई पुन: शीर्षस्थानमा

८ कार्तिक, २०७७ ०७:२५ मा प्रकाशित

393 पटक पढिएको

mumbai indians in ipl

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेट अन्तर्गत हिजो भएको खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंसमाथि १० विकेटको शानदार जित हात पारेको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनाएपछि मुम्बईले ११५ रनको झिनो लक्ष्य मात्र १२.२ ओभरमा कुनै विकेट नगुमाई भेट्टायो।

मुम्बईका लागि विष्फोटक ब्याटिङ गरेका इशान किसनले ६८ रन बनाए। उनले ३७ बलमा ५ छक्का र ६ चौका हिर्काए। त्यस्तै क्वीन्टन डी ककले ४६ रन जोडे। उनले २ छक्का र ५ चौका हिर्काए।

यसअघि ब्याटिङ गरेको चेन्नईका साम कुरान बाहेक अन्य ब्याटसमेनले उल्लेख्य रन जोड्न सकेनन्। कुरानले ४७ बलको सामना गर्दै ५२ रन बनाए। त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले १६ रन तथा इम्रान ताहिरले १३ रन जोडे।

चेन्नईलाई झिनो स्कोरमै रोक्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै मात्र १८ रन खर्चिए। त्यस्तै जसप्रित बुम्राह र राहुल चाहरले २-२ विकेट हात पारे भने कोल्टर नाईलले १ विकेट हात पारे ।

जितसँगै मुम्बई शीर्षस्थानमा उक्लिएको छ। मुम्बईले १० खेलमध्ये ७ मा जित निकाल्दै १४ अंक बटुलेको छ। दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले पनि १० खेलबाट १४ अंक जोडेको छ। नेट रनरेटका आधारमा दिल्लीभन्दा मुम्बई अगाडि रहेको हो।

चेन्नई भने ११ खेलबाट ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome