मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

केन्द्रको सुझाव कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीलाई प्रचण्डको निर्देशन

८ कार्तिक, २०७७ ०७:२६ मा प्रकाशित

407 पटक पढिएको

mahendra bahadur shahi

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको सुझाव कार्यान्वयन गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।

शुक्रबार पत्र पठाएर प्रचण्डले कर्णाली प्रदेश कमिटीका इन्चार्ज तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई यस्तो निर्देशन दिएका हुन्।

प्रचण्डले मुख्यमन्त्री शाहीसँगै निर्देशनमा सह–इन्चार्ज यमलाल कँडेल, प्रकाश ज्वाला, कालीबहादुर मल्ल र अध्यक्ष गोरखबहादुर बोगटीलाई बोधार्थ लेखेका छन् ।

प्रचण्डको निर्देशनमा कात्तिक ४ गते मंगलबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विवाद समाधानका लागि दिएको सुझाव कार्यान्वयन गर्न भनिएको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का हामी दुई अध्यक्षबीच कात्तिक ४ गते मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भइ अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्ने सुझाव दिने समझदारी भएको थियो’, प्रचण्डले पठाएको पत्रमा भनिएको छ, ‘सो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछ ।’

शुक्रबार बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गर्ने निर्णय गरेको छ ।

नेकपाका १८ जना सांसदहरूले मुख्यमन्त्रीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए । मुख्यमन्त्री शाहीले त्यसलगत्तै प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरेर सीता नेपालीलाई नियुक्त गरेका थिए ।

नवनियुक्त प्रमुख सचेतक नेपालीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकमा १८ जना सांसद सहभागी थिए । प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । दलको नेता हटाउन वा कायम राख्न कम्तिमा १७ जना सांसद आवश्यक पर्दछ।

ख्यमन्त्रीलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुलावजंग शाहलाई नै प्रमुख सचेतकमा कायम राख्न निर्देशन दिएका थिए । तर, मुख्यमन्त्री शाहीले त्यसलाई वेवास्ता गर्दै दलको बैठक अगाडि बढाएका हुन् ।

यसले कर्णालीमा नेकपाभित्रको विवाद थप चर्किने अवस्थामा पुगेको छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाएका मुख्यमन्त्री शाहीले अब मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome