बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

उपत्यकामा १,११० सहित देशभर थप २,२२५ जनामा कोरोना पुष्टी, २,८४६ डिस्चार्ज

८ कार्तिक, २०७७ २१:०८ मा प्रकाशित

641 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय १० जनासहित देशभर थप २२ सय २५ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर ४७ हजार ५७ जना कोरोनाका सक्रिय संक्रमित छन्। आइसोलेसनमा ४६ हजार ५७ जना छन् भने क्वारेन्टाइनमा ३३ सय २२ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८ सय ४६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार ३०७ जनाको आइसीयुमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मोरङका पाँच महिनाको शिशुसहित १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट ८४२ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome