बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

दिल्लीले गुमायो शीर्ष स्थानमा उक्लने मौका

९ कार्तिक, २०७७ ०८:४२ मा प्रकाशित

491 पटक पढिएको

dc vs kkr ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेट अन्तर्गत शनिबार भएका दुई खेलमा कोलकत्ता नाइट राईडर्स र किङ्स इलाभेन पञ्जाब विजयी भएका छन् । कोलकत्ताले दिल्लीलाई ५९ रनले पराजित गर्‍यो भने पञ्जाबले नराइजर्स हैदराबादलाई १२ रनले पराजित गर्‍यो ।

शनिबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्ली १३५ रनमा समेटियो । दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३५ रन बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४७, रिशब पन्तले २७ र शिम्रन हिटमायरले १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कोलकाताका वरुण चक्रवर्तीले दिल्लीका ५ विकेट लिए भने प्याट कमिन्सले ३ र लक्की फर्गुसनले १ विकेट हात पारे ।

कोलकाताका लागि नितेश रानाले ८१ रन बनाए भने सुनिल नाराईनले ६४ रन जोड्दै ११५ रनको साझेदारी गरे ।

कोलकत्ताका लागि अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गरेनन् । दिल्लीका मार्कस स्टोईनिस, एनरिक नोर्टज र कागिसो रबडाले २-२ विकेट हात पारे ।

हारसँगै दिल्लीले अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । ११ खेलमा १४ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ ।

त्यसैगरी शनिबार साँझ भएको अर्को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको १२७ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद पराजित भएको हो । १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै हैदराबादले ११४ रन मात्र जोड्न सक्यो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नर ३५, विजय शंकर २६ र जोनी बेयरस्टो १९ रनमा समेटिँदा मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३-३ विकेट लिए भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले १-१ विकेट लिए ।

पन्जाबका लागि निकोलस पुरन ३२, कप्तान केएल राहुल २७, क्रिस गेल २० र सन्दिप सिंहले १७ रन बनाउँदा ग्लेन म्याक्सवेलले १२ रन जोडे । हैदराबादका रासिद खान, सन्दीप शर्मा र जासन होल्डरले २-२ विकेट लिए ।

जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । तालिकाको छैटौं स्थानमा रहेको हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome