मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

लकडाउन अवधीमै करोडौं ठगी गर्न भ्याएका जिन्दल प्रहरीको फन्दामा

२ श्रावण, २०७७ १७:२४ मा प्रकाशित

458 पटक पढिएको

conman jindal

काठमाडौं, ०२ श्रावण : महानगरीय अपराध महाशाखाको टोलिले विभिन्न जिल्लाका व्यापारीबाट करोडौ रुपैया ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका ७ घर भएका मनिष अग्रवाल भन्ने चन्दन जिन्दल हुन । जिन्दलले झापा, बारा, पर्सा र सर्लाहीका २२ जना ब्यापारीहरुबाट झण्डै ८ करोड रुपैया ठगी गरेको महानगरीय अपराध मजाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

जिन्दलले झापा बस्दा हार्ड्वेर र जग्गाको काम गर्ने बहानामा ३ जनासँग गरी डेढ करोड रुपैया ठगी गरेका थिए । त्यस्तै अरु ३ जिल्लाबाट खाध्यान्न उधारो ल्याइ राजधानीमा सस्तो मुल्यमा बिक्री गरेर रकम लिएर सम्पर्क बिहिन भएका थिए ।

प्रहरीका अनुसार जिन्दलले गत चैत्र महिनादेखि जेष्ठ महिनासम्मको लकडाउन अवधीमा उक्त ठगी गरेको बताएको छ । पक्राउ परेका जिन्दललाइ अनुसन्धानको लागि सबैभन्दा बढी रकम ठगी गरेको जिल्ला बारा पठाइने महानगरीय अपराध महाशाखाल्ले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome