आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

उपत्यकामा १,५३५ सहित देशभर थप २,८५६ जनामा कोरोना पुष्टी, ३,३३६ डिस्चार्ज

९ कार्तिक, २०७७ १८:३७ मा प्रकाशित

534 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १५ सय ३५ जनासहित देशभर थप २८ सय ५६ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १५ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार देशभर ४५ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन्। आइसोलेसनमा ४५ हजार ५७२ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome