बुधबार, १७ मंसिर २०७७
बुधबार, १७ मंसिर २०७७

IT Training Nepal

साथीको हत्याको आरोपमा दुई भारतीय पक्राउ

१० कार्तिक, २०७७ ०८:१४ मा प्रकाशित

220 पटक पढिएको

indians in custody in nepal for murder

भक्तपुर – भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजना भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएर भक्तपुर बस्दै आएका हुन्। भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।

शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आइतबार बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुईलाई पक्राउ गरेको हो। आरोपितले घटना स्वीकार गरेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।

घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome