बुधबार, १७ मंसिर २०७७
बुधबार, १७ मंसिर २०७७

IT Training Nepal

आईपीएल : शिर्ष तीन टोलिको हार

१० कार्तिक, २०७७ ०८:३३ मा प्रकाशित

313 पटक पढिएको

dc vs kkr ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेट अन्तर्गत पछील्ला तीन खेलमा शिर्ष स्थानमा रहेका तीनै टोलिले हार व्यहोरेका छन । शनिबार भएको खेलमा अंक तालिकाको दोश्रो स्थानमा रहेको दिल्ली चौँथो स्थानमा रहेको कोलकातासँग ५९ रनले पराजित भएको थियो भने हिजो भएका खेलमा शिर्ष टोली मुम्बई ईण्डियन्स र तेश्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्लोर दुबै पराजित भएका छन् ।

आइतबार भएको पहिलो खेलमा चेन्नेईले रोयल च्यालेञ्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो।

बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष चेन्नेईले १८ ओभर चार बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोर २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

चेन्नईको जितमा रुतुराज गायकवाडले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। अम्बाती रायडु ३९, फाप डु प्लेसिसले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी १९ रनमा समेटिए। बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १-१ विकेट लिए।

बैंगलोरका कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले। एबी डी भिलियर्स ३९, देबदूत पडीक्कलले २२ रन जोड्दा आरोन फिन्चले १५ रन मात्र बनाए।

चेन्नईका साम करणले ३ विकेट लिए भने दिपक चाहरले तथा मिचेल स्टानरले १/१ विकेट लिए।

यो जितसँगै चेन्नई सातौं स्थानमा उक्लिएको छ। उसले १२ खेलमा ८ अंक जोडेको छ।चेन्नईसँग पराजित भएसँगै बैंगलोर शीर्ष स्थानमा पुग्न असफल भएको छ। तालिकाको तेस्रो स्थानमा रहेको बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ।

आइतबार भएको दोस्रो खेलमा साविक विजेता मुम्बई राजस्थानसँग ८ विकेटले पराजित भएको हो।

बेन स्टोक्सको शतक मद्दतमा राजस्थान विजयी भएको हो। उनले नटआउट १०७ रन बनाए। उनले ६० बलमा ३ छक्का र १४ चौका हिर्काए।

शेख जायद रंगशालामा मुम्बईले टस जितेर ब्याटिङ गर्दै ५ विकेट गुमाएर राजस्थानलाई १९६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य राजस्थानले १८.२ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो।

राजस्थानका लागि ओपनर बेन स्टोक्सले सर्वाधिक १०७ रन को विजयी स्कोर बनाए। त्यस्तै सञ्जु सामसोनले ५४ रनको योगदान गरे।

मुम्बईका जेम्स प्याटिन्सनले २ विकेट लिए।

यसअघि ब्याटिङ गरेको मुम्बईका लागि हार्दिक पाण्ड्याले ६० रन जोडे। उनले २१ बल खेल्दै ७ छक्का र २ चौका हिर्काए। त्यस्तै सूर्यकुमार यादवले ४० र इशान किसनले ३७ रन बनाए।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले २-२ विकेट हात पारे। त्यस्तै कार्तिक त्यागीले १ विकेट झारे।

मुम्बईले हार व्यहोरे पनि शीर्षस्थानमै कायम रहेको छ। मुम्बई नेट रनरेटका आधारमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरभन्दा अगाडी रहेको हो। यी तिनै टोलीले समान ११ खेल खेल्दा समान ७ खेलमा जित हात पारेका छन्। रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome