बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

उपत्यकामा ८९४ सहित देशभर थप १,७४१ जनामा कोरोना पुष्टि, ४,००५ डिस्चार्ज

११ कार्तिक, २०७७ ०८:४४ मा प्रकाशित

420 पटक पढिएको

corona positive

काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा ८९४ जना सहित देशभर थप १७ सय ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार चार हजार ५ जना डिस्चार्ज भएका छन् । योसँगै हुनेको संख्या एक लाख १५ हजार ६७५ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा २९ सय ६९ जना रहेका छन् ।

सोमबार १५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome