बुधबार, १७ मंसिर २०७७
बुधबार, १७ मंसिर २०७७

IT Training Nepal

कोरोना संक्रमण फैलिएपछि स्पेनमा राष्ट्रिय संकटकाल घोषणा गर्दै कर्फ्यू जारी

११ कार्तिक, २०७७ ०८:४८ मा प्रकाशित

728 पटक पढिएको

lockdown in spain

काठमाडौं – कोरोना भाइरस फैलिएपछि नियन्त्रणका लागि स्पेनले रात्रिकालिन कर्फ्यू जारी गरेको छ। राष्ट्रिय संकटकाल घोषणा गर्दै स्पेनले कर्फ्यू जारी गरेको हो।

प्रधानमन्त्री पेड्रो स्यान्चेजका अनुसार आइतबारबाट लागू हुने गरी कर्फ्यू जारी गरिएको हो। उनले राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइने बताए। यसैगरी स्थानीय प्रशासनले अवस्था अनुसार दिउँसोको हिँडडुलमा समेत प्रतिबन्ध लगाउन सक्नेछन्।

यस्तो प्रतिबन्ध १५ दिनदेखि ६ महिनासम्म संसदको अनुमतिमा लम्बिन सक्ने प्रधानमन्त्री सन्चेजले बताएका छन्।

यसअघि पहिलो चरणमा तीव्र रूपमा कोरोना संक्रमण फैलिएपछि स्पेनले लकडाउन जारी गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome