बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

कोलकातालाई हराउँदै पञ्जाब आईपीएलको शिर्ष चारमा

११ कार्तिक, २०७७ ०८:५६ मा प्रकाशित

620 पटक पढिएको

kxip in ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेट अन्तर्गत हिजो राती भएको खेलमा किंस ११ पञ्जाबले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ। सारजाह क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा पञ्जाब कोलकाताविरुद्ध ८ विकेटले विजयी भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो। १५० रनको लक्ष्य पञ्जाबले २ विकेट गुमाएर १८.५ ओभरमै भेट्टायो।

पञ्जाबका लागि मन्दिप सिंहले ६६ रन बनाए। त्यस्तै क्रिस गेलले ५१ रन जोड्दा ओपनर तथा कप्तान केएल राहुलले २८ रन बनाए।

कोलकाताका लागि वरुण चक्रवर्ती र लकी फर्गुसनले १/१ विकेट लिए।

कोलकाताका ओपनर शुवमान गिलले ५७ रन जोडे। त्यस्तै इयन मोर्गान ४० र लकी फर्गुसन २४ बाहेक कुनै पनि ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

पञ्जाबका लागि मोहम्मद शामीले ३ विकेट लिए। त्यस्तै क्रिस जोर्डन र रवि बिश्नोइले समान २/२ विकेट हात पारे। यसैगरी ग्लेन म्याक्सवेल र मुरुगन आश्विनको नाममा पनि १/१ विकेट रह्यो।

जितसँगै पञ्जाब चौँथो स्थानमा पुगेको छ। समान खेल खेलेर समान अंक बटुलेको कोलकाता नेट रनरेटमा पछि पर्दै पाँचौँ स्थानमा रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome