बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

उपत्यकामा २५२ सहित देशभर थप ५७० जनामा कोरोना पुष्टि, ३,१६८ डिस्चार्ज

११ कार्तिक, २०७७ १६:३८ मा प्रकाशित

376 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ जना सहित देशभर थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १६८ जनाले कोरोना जितेका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ। 

मन्त्रालयका अनुसार देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन् । आइसोलेसनमा ४० हजार ६८१ जना छन् भने भने २ हजार ९३२ जना क्वारेन्टाईनमा छन् ।

आइसीयूमा २८१ जनाको र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome