सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

कोरोना ब्रिफिङ अब हप्तामा दुई दिन मात्रै

१२ कार्तिक, २०७७ १७:३४ मा प्रकाशित

519 पटक पढिएको

ministry of health and population nepal

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ‘लाइभ’ हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने डा. गौतमले जानकारी दिए।

डा.गौतमका अनुसार अन्य दिन अपरान्ह ४:३० बजे डाटा अपडेट गरिनेछ। सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेसनमा दिइने मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome