सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ८४३ सहित देशभर थप १,९५४ जनामा कोरोना पुष्टि, २,९८१ डिस्चार्ज

१२ कार्तिक, २०७७ १७:३८ मा प्रकाशित

586 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ जना सहित देशभर थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । काठमाडौंका ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी ८४३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर ३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।

आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome