सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

बैंगलोरविरुद्धको जीतसँगै मुम्बई शीर्षस्थानमा कायमै

१३ कार्तिक, २०७७ ०७:३७ मा प्रकाशित

787 पटक पढिएको

mumbai indians in ipl

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रीकेट २०२० अन्तर्गत हिजो राती भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ।

शेख जायद रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको मुम्बईले बैंगलोरलाई २० ओभरमा १६५ रनमा रोक्न सफल भयो।

बैंगलोरका लागि देवदत पडिक्कलले ७४ रन बनाए। उनले ४५ बलको सामना गर्दै १ छक्का र १२ चौका हिर्काए। त्यस्तै जोश फिलिपले ३३ तथा एबी डिभिलियर्सले १५ रन बनाए।

मुम्बईका लागि जसप्रित बुम्राहले ३ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्ट र राहुल चाहरले १-१ विकेट हात पारे भने किएरोन पोलार्डले १ विकेट लिए।

जवाफमा चोटका कारण नियमित कप्तान रोहित शर्माबिना उत्रिएको मुम्बईले बैंगलोरले दिएको लक्ष्य निर्धारित २० ओभरको ५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेट्टायो ।

मुम्बईका लागी सूर्यकुमार यादवले नटआउट ७९ रन बनाए। उनले ४३ बलमा ३ छक्का र १० चौका हिर्काए। त्यस्तै इसान किशनले २५ तथा ओपनर क्वीन्टन डि ककले १८ रनको योगदान गरे। कप्तानी सम्हालेका किएरोन पोलार्डले १ बलमा चौका हिर्काए।

बैंगलोरका मोहम्मद सिराज र युजवेन्द्र चाहलले समान २-२ विकेट लिए भने क्रिस मोरिसले १ विकेट हात पारे।

जितसँगै मुम्बईले स्पष्ट अग्रता कायम गरेको छ। १२ खेल खेलेको मुम्बईले ८ खेलमा जित हात पार्दै १६ अंक बटुलेर शीर्षस्थान कायम राखेको छ। त्यस्तै समान खेल खेलेको बैंगलोर ७ खेलमा जित निकाल्दै नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। समान अंकका साथ दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome