शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

१३ कार्तिक, २०७७ १६:३८ मा प्रकाशित

809 पटक पढिएको

dead body

दार्चुला – दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ।

जिल्लाको अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए ।

लटिनाथानबाट मकरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा उनलाई आफैंले चलाएको ट्याक्टरले च्यापेको थियो ।

ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको चन्दले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome