सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,६१५ सहित देशभर थप २,३६४ जनामा कोरोना पुष्टि, हालसम्म ९०४ जनाको मृत्यु

१३ कार्तिक, २०७७ १७:०० मा प्रकाशित

674 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जनासहित देशभर थप २३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । काठमाडौं १३ सय ३८, ललितपुरमा १ सय ८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

काठमाडौं जिल्लामा मात्र ५९ हजार २३४ संक्रमण पुष्टि भएको छ भने अहिलेसम्म ४२ हजार ५०४ डिस्चार्ज भएका छन् । काठमाडौंमा मात्र २०९ जनाको मृत्यु भएको छ । अहिले पनि काठमाडौंमा १६ हजार पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख २४ हजार ८३२ पुगेको छ ।

देशभर ३८ हजार ९५२ जना कोरोनाका सक्रीय संक्रमित छन् । क्वारेन्टाईनमा २६ सय ८९ जना छन् भने होम आईसोलेसनमा ३१ हजार ८९८ जना छन् ।

त्यसैगरी ३०४ जना आईसियुमा छन् भने भेन्टिलेटरमा ७६ जना उपचारारत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome