सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

श्रीमतिलाई कुटपिट गरि मारेको अभियोगमा श्रीमान पक्राउ

१४ कार्तिक, २०७७ १६:४७ मा प्रकाशित

570 पटक पढिएको

deceased niru nada

भक्तपुर – महानगरिय प्रहरी बृत जगातीले श्रीमतिलाई कुटपिट गरि मारेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यबिनायक निवासी बर्ष ३६ का रोशन नाडा रहेका छन ।

२९ बर्षिया मृतक निरु नाडालाई निजका श्रीमान रोशन नाडाले मरणाशन्न हुने गरि कुटपिट गरेर उपचारको लागि कार्तिक ३ गते मध्यपुर ठिमी हस्पिटल पुर्‍याएको मृतक निरुका माइती पक्षले बताएको छ । घाइते निरुको उपचारको क्रममा गत कार्तिक १२ गते मृत्यु भएको हो।

मृतकका माइती पक्षले आफ्नी बहिनिलाई ज्वाइँ रोशन नागाले कुटपिट गरि मारेको भन्दै पक्राउ गरि आवश्यक कारवाही गरि पाउँ भन्दै मृतकका दाजु बिकास काशिछ्वाले महानगरिय प्रहरी बृत जगातीमा किटानी जाहेरी दिएका थिए ।

पोस्टमार्टम रिपोर्टलाई आधार बनाई अनुसन्धान अघि बढाइने महानगरिय प्रहरी बृत जगातीले जनाएको छ।

mr and mrs nada
niru nada

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome