शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,८८८ सहित देशभर थप ३,५१७ जनामा कोरोना पुष्टि, ४,०९६ डिस्चार्ज

१४ कार्तिक, २०७७ १७:०४ मा प्रकाशित

281 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ८८ जनासहित देशभर थप ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन्। २ हजार ६ सय ६६ जना क्वारेन्टाईनमा छन् भने ३१ हजार ३ सय ८७ जना होम आईसोलेसनमा छन् ।

३०० जनाको आईसियुमा उपचार भईरहेको छ भने ७१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome