शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

राजस्थानसँग पञ्जाब पराजित : प्ले अफमा को पुग्ला त ?

१५ कार्तिक, २०७७ ०७:०६ मा प्रकाशित

645 पटक पढिएको

rajasthan royals ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेट अन्तर्गत हिजो राती भएको खेलमा किंस ११ पञ्जाबले राजस्थान रोयल्ससँग ७ विकेटको हार व्यहोरेको छ।

शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन जोडेको थियो। पञ्जाबका लागि क्रिस गेलले ९९ रन बनाएका थिए। त्यस्तै कप्तान तथा ओपनर केएल राहुलले ४६ रन जाडेका थिए भने निकोलस पुरनले २२ रन बनाएका थिए।

राजस्थानका जोफ्रा आर्चर र बेन स्टोक्सले २-२ विकेट लिए।

जवाफमा १८६ रनको लक्ष्य राजस्थानले मात्र १७.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

राजस्थानका लागि बेन स्टोक्सले ५० रन बनाए। त्यस्तै सञ्जु सामसोनले ४८ तथा स्टेभेन स्मिथले ३१ रन जोडे। ओपनर रोबिन उठप्पाले ३० र जोश बटलरले २२ रनको योगदान गरे।

पञ्जाबका मुरुगन आश्विन र क्रिश जोर्डनले १-१ विकेट लिए।

प्ले अफ अंक गणित

राजस्थानसँगको हारपछि पनि पञ्जाबको प्ले अफमा पुग्ने सम्भावना भने कायमै रहेको छ। १३ खेल खेलिसकेको पञ्जाबले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ।

राजस्थान र कोलकाता नाइट राइडर्सको पनि समान १२ अंक छ। पञ्जाबले आइतबार आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किंसलाई राम्रो रनरेटमा पराजित गरेर राजस्थान र कोलकाताको भन्दा राम्रो रनरेट भएमा प्ले अफ पुग्ने सम्भावना रहन्छ।

यसैगरी पञ्जाब प्ले अफमा पुग्नका लागि १२ खेल खेलिसकेको सनराइजर्स हैदराबाद कम्तिमा एक खेलमा हार्नुपर्ने हुन्छ। यदि हैदराबादले दुबै खेल जितेमा उसलाई रनरेटमा पछि पार्नुपर्ने हुन्छ।

पहिलो स्थानमा रहेको मुम्बई इन्डियन्स भने यसअघि नै प्ले अफमा पुगिसकेको छ। त्यस्तै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको प्ले अफ पुग्ने सम्भावना बलियो रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome