सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

थप १८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५,९६४ पुग्यो

२३ असार, २०७७ ०२:२० मा प्रकाशित

265 पटक पढिएको

corona positive

काठमाडौं, २२ असार : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome