१६ कार्तिक, २०७७ ०७:४५ मा प्रकाशित
602 पटक पढिएको
काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेट अन्तर्गत हिजो साँझ भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्समाथि ९ विकेटको शानदार जित हात पारेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस हारेर पहिले ब्याटिङ गर्नुपरेको दिल्लीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर मात्र १११ रन बनाउन सक्यो ।
दिल्लीका कप्तान श्रेयस एयरले सर्वाधिक २५, ऋषब पन्त २१, रविचन्द्र आश्विन र काशिगो रबडाले १२/१२, शिम्रन हिटमायर ११, पृथ्वी शा १०, प्रविन डुमेले ७ रन जोड्दा शिखर धवन शून्य रनमा आउट भए।
मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले ३-३, राहुल चाहर र नाथन कल्टरले १-१ विकेट लिए।
दिल्लीले दिएको १११ रनको लक्ष्य मुम्बईले १४.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टाउन सफल भयो ।
मुम्बईको जितमा इशान किशनले ४७ बलमा ७२ रनको अर्धशतकीय इनिङ्स खेले। क्विन्टन डी ककले २६ रन बनाउँदा सूर्यकुमार यादव १२ रनमा अविजित रहे।
दिल्लीका एनरिच नोर्टजले एक विकेट हात पारे।
जितसँगै मुम्बईले १३ खेलमा १८ अंक जोड्दै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ भने १३ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा रहेको दिल्ली प्लेअफ यात्राका लागि अर्को खेल जित्नैपर्ने दबाबमा परेको छ।
यसैगरी हिजै भएको दोश्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ ।
टस हारेर ब्याटिङ पहिले ब्याटिङ गर्नुपरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो । ओपनर जोश फिलिपले सर्वाधिक ३२ रन बनाए । एबी डिभिलियर्सले २४ र वाशिङ्टन सुन्दरले २१ रन बनाए । कप्तान विराट कोहलीले ७ रन मात्रै बनाउन सके ।
बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । जेसन होल्डर १० बलमा २६ रन बनाउँदै नटआउट रहे ।
बलिङतर्फ युजवेन्द्र चहलले १९ रन दिएर २ विकेट लिए ।
हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए ।
युएईमा जारी आईपीएलको १३ औं संस्करणमा हैदरावादको यो छैटौं जित र बैंग्लोरको छैटौं हार हो ।