बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा १,६२२ सहित देशभर थप २,८२४ जनामा जनामा कोरोना पुष्टि, ३,६२० डिस्चार्ज

१६ कार्तिक, २०७७ १६:४९ मा प्रकाशित

720 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय २२ जनासहित देशभर थप २८ सय २४ जनामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमण पुष्टि भएको छ । काठमाडौंका १३ सय ६२, भक्तपुरका ९६ र ललितपुरका १६४ गरी १६ सय २२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर ३७ हजार ७६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै संस्थागत आइसोलेसनमा ६ हजार ७७९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन्।

आइसीयूमा २८३ र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ३६ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट ९६० जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome