बुधबार, १३ श्रावण २०७८
बुधबार, १३ श्रावण २०७८

IT Training Nepal

आईपीएल २०२० : अन्तिम चरणको खेलसम्म आइपुग्दा पनि छुटिएनन् शिर्ष ४

१७ कार्तिक, २०७७ ०८:२० मा प्रकाशित

635 पटक पढिएको

kkr in ipl 2020

काठमाडौं – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेट अन्तर्गत लिग चरणको अन्तिम खेलसम्म आइपुग्दा पनि प्ले अफमा जाने शिर्ष चार टोली मध्य एक टोली मात्र पक्का भएको छ । १३ खेलबाट १८ अंक बटुलेको मुम्बई ईण्डियन्सले अंक तालिकाको शिर्ष स्थान आफ्नो बनाउँदै दुई खेल अघी नै प्ले अफमा आफ्नो स्थान पक्का बनाएको थियो ।

अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका रोयल चैलेन्जर्स बैङग्लोर र दिल्ली कैपिटल्सको १३ खेलबाट समान १४ अंक छ । रन रेटका आधारमा बैङग्लोर अंक तालिकामा अगाडी भएपनी यि दुईबिच आज हुने खेलले दोश्रो स्थान कसले ओगट्ने भन्ने प्रश्नको छिनोफानो गर्नेछ ।

१४ खेलबाट १४ अंक बटुलेको कोलकाता नाईट राईडर्स रन रेटका आधारमा चौँथो स्थानमा छ । दोश्रो र तेश्रो बिचको खेलले कोलकातालाई रन रेटका कारण फरक नपरे पनि १३ खेलबाट १२ अंक बटुलेको सनराईजर्स हैदराबादले आफ्नो अन्तिम खेलमा जित निकाल्न सके कोलकाता प्ले अफ समिकरणबाट बाहिरिने छ र हैदराबाद चौँथो शिर्ष चारमा उक्लने छ ।

हैदराबादको अन्तिम खेल अंक तालिकाको शिर्ष स्थानमा रहेको मुम्बई विरुद्ध रहेकाले कोलकाताको प्ले अफ खेल्न पाउने मौका अझै जिवितै छ ।

शिर्ष चारको दौडमा यती धेरै परिवर्तन हिजोका दुई खेलले सृजना गरेको हो । चौँथो स्थानका लागी लडिरहेका किङ्स ११ पञ्जाब र राजस्थान रोयल्सले अप्रत्याशित हार व्यहोरेपछी अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किङ्स ७ औँ स्थानमा उक्लियो भने कोलकाता शिर्ष ४ मा पुग्यो ।

हिजो भएको पहिलो खेलमा राजजस्थान रोयल्स कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन जोडेको थियो। कोलकाताका इओन मोर्गानले नटआउट ६८ रन बनाए। त्यस्तै राहुल त्रिपाठीले ३९ र शुबमन गिलले ३६ रन जोडे भने आन्द्रे रशेलले २५ रनको योगदान गरे।

राजस्थानका राहुल तेवासियाले ३ तथा कार्तिक त्यागीले २ विकेट लिए। त्यस्तै जोफ्रा आर्चरले १ विकेट आफ्नो नाममा पारे।

जवाफमा १९२ रनको लक्ष्य पछ्याएको राजस्थान ९ विकेटको क्षतिमा १३१ रनमै सीमित भयो।

राजस्थानका कुनै पनि ब्याट्समेन खुलेर खेल्न सकेनन्। उसका लागि जोश बटलरले सर्वाधिक ३५ रन जोडे। त्यस्तै राहुल तेवासियाले ३१ तथा श्रेयस गोपालले २३ रन बनाए। यसैगरी बेन स्टोक्सले १८ रन बनाउँदा अन्य ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

कोलकातालाई जिताउन प्याट क्यूमिन्सले राजस्थानका ४ विकेट झारे। त्यस्तै शिवम मावि र वरुण चक्रवर्तीले समान २/२ विकेट हात पारे।

हिजै भएको अर्को खेलमा चेन्नई सुपर किङ्सँग ९ विकेटले पराजित हुँदै किङ्स इलाभेन पन्जाब प्रतियोगिताबाट बाहिरिएको छ।

यूएईको शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नईले १८ ओभरमा मात्र एक विकेट गुमाएर भेटेको हो।

चेन्नईका लागि रुतुराज गायकवाडले ६२ रनको अर्धशतकीय इनिङ्स खेले। फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए। पन्जाबका क्रिस जोर्डनले १ विकेट लिए।

पन्जाबले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५३ रन बनायो। उसका लागि दिपक होडाले ३० बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले।

कप्तान केएल राहुल २९, मयांक अग्रवाल २६, मन्दिप सिंहले १४ रन बनाउँदा क्रिस गेलले १२ रन मात्र बनाए।

चेन्नईका लागि लुंगी एनजिडीले ३, शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट हात पारे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome