मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

चोर ठानेर सर्वसाधारणले कुटपिट गर्दा काठमाडौंमा एकको मृत्यु, एक घाइते

३ श्रावण, २०७७ ०६:३८ मा प्रकाशित

709 पटक पढिएको

dead body

काठमाडौं, ३ श्रावण : चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि एकजना निर्दोष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा छन् ।

अर्का एकजना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार घटना तारकेश्वर नगरपालिका-५, गोलढुंगाको हो । मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो ।

त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका व्यक्ति पनि बाहिर निस्किएका थिए र विवाद बढेको थियो ।

पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरले बताएअनुसार उनको टाउकोमा चोट लागेको पाइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीले लामालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो । तर, अस्पतालले मृत घोषित गर्‍यो । अहिले दुई जनालाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको ज्ञवालीले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome