सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

मुकेश चौरसिया हत्या प्रकरण : एक पक्राउ, पूर्वसभासदसहित ९ जना अझै फरार

१७ कार्तिक, २०७७ १६:५२ मा प्रकाशित

608 पटक पढिएको

murder accused niranjan tiwari

वीरगन्ज – नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको आरोप लागेका एक फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको विन्दवासीनी गाउँपालिका ४ मधवल बस्ने ३२ वर्षीय छोरा उत्तम तिवारी भन्ने निरन्जन तिवारी रहेका छन् ।

हत्याको आरोप लागेका तिवारी फरार भई भारत बिहारको अरेराजमा लुकिछिपी बसिरहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरी वीरगन्ज ल्याएको हो । तर पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने वीरगन्ज महानगरपालिका १६ स्थित इनर्वागाँउबाट तिवारीलाइ आइतबार बेलुकी पक्राउ गरिएको बताएकी छन् । प्रहरी उपरीक्षक पन्तले तिवारीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको बताइन् ।

गत कार्तिक ६ गते विन्दवासिनी गापा ५ प्रसौनीभाठामा नेकपाको गाँउपालिका कमिटीद्वारा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई गुटबीच झडप भएको थियो । झडपमा एकले अर्कालाई बाँसको भाठाले प्रहार गर्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका मुकेशको उपचारका क्रममा कात्तिक ७ गते मृत्यु भएको थियो

झडपमा सलंग्न भइ घाइते भएका हत्याका आरोपीद्वय तिवारी र चिन्टु तिवारी त्यही दिन उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना भएकोमा दुवै जना अस्पतालबाटै फरार भएका थिए ।

मुकेशको हत्यामा संलग्न रहेको आरोप लगाउदै मृतकका भाइ महेशले प्रहरीमा दर्ता गराएको जाहेरीमा उल्लेख १२ जना मध्ये ९ जना भने फरार रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए ।

झडपको घटना भएको कात्तिक ६ गते नै प्रहरीले देवा सहनी , हनिफ मिया र शोकद्धिन गद्धिलाइ पक्राउ गरेको थियो । तर कात्तिक १३ गते मृतक पक्षले दिएको जाहेरीमा शोकदिन गद्धीको नाम नरहेका कारण उनि विरुद्ध सार्वजनिक अपराधको मुद्धा मात्रै दर्ता गरिएको प्रहरी नायव उपरिक्षक कुवँरले जानकारी दिए ।

जोहरीमा उल्लेख १२ जना मध्ये अहिलेसम्म तिवारीसहित ३ जना मात्र पक्राउ परेको भन्दै कुवँरले भने, ‘जोहरीमा नाम भएका संविधानसभा सदस्य (पूर्वसभासद)राज कुमार गुप्तासहित ९ जना फरार छन्, उनीहरुको खोजतलाश भइरहेको छ । ‘


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome