शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा १,६३० सहित देशभर थप २,९३३ जनामा कोरोना पुष्टि, ३,१५० डिस्चार्ज

१७ कार्तिक, २०७७ १७:३० मा प्रकाशित

315 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३० जनासहित देशभर थप २९ सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।

मन्त्रालयका अनुसार देशभर ३७ हजार ५२४ कोरोनाका सक्रिय संक्रमित छन्। होम आइसोलेसनमा ३० हजार ९२४ जना छन् भने क्वारेन्टाइनमा २ हजार ११९ जना रहेका छन्। संस्थागत आइसोलेसनमा ४ हजार ४८१ जना रहेका छन्।

आइसीयूमा ३४७ र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ३१ सय ५० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाका कारण २४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट ९८४ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome