मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

कल गर्न मोबाइल माग्ने र लिएर भाग्नेसहित बिक्री गर्न सहयोग गर्ने पक्राउ

१७ कार्तिक, २०७७ २०:०० मा प्रकाशित

301 पटक पढिएको

thieves

काठमाडौं – महानगरीय प्रहरी परिसरको प्रहरी टोलिले विभिन्न ठाउँमा मोबाइल लुटेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ भने लुटेको मोबाइल बिक्री गर्न सहयोग गर्ने अर्का एक जनालाइ समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने बर्ष ३४ का इम्तियाज उद्दिनलाई मोबाइल लुटपाट गरेको आरोपमा पक्राउ गरेको र रामेछाप जिल्ला साँघुटार नगरपालिका २ घर भई काठमाडौं महानगरपालिका १५ धिमे ल्हो बस्ने बर्ष ३४ का शुलभ श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले बताउनु भयो ।

पक्राउ परेका इम्तियाजले स्कुटरमा चढेर महँगो मोबाइल बोक्ने महिलाहरुसँग कल गर्न मोबाइल माग्ने र मोबाइल लिएर स्कुटर चढी भाग्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले बताउनु भयो ।

पक्राउ पर्नेहरुबाट प्रहरीले विभिन्न ब्राण्डका केही थान मोबाइल सेट र एक थान स्कुटर पनि बरामद गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome