१८ कार्तिक, २०७७ ०८:०४ मा प्रकाशित
526 पटक पढिएको
काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेटको पहिलो चरणको अन्तिम एक खेल मात्र बाँकी रहँदा प्ले अफ खेल्ने शिर्ष ४ मध्य ३ टोलिको निर्णय भईसकेको छ ।
अंक तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङग्लोरका बिच हिजो राति भएको खेलमा बैंगलोरलाई ६ विकेटले पाराजित गर्दै दिल्लीले अंक तालिकाको दोश्रो स्थान आफ्नो बनाएको छ भने हारसँगै बैङग्लोर तेश्रो स्थानमा झरेको छ ।
शेख जायद रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो।
बैंगलोरका लागि देवदूत पाडिकलले ५० रन बनाएका थिए। एबी डिभिलियर्सले ३५ रन बनाउँदा कप्तान विराट कोहली २९ रनमा आउट भएका थिए। पछिल्ला ब्याटसमेन क्रीजमा टिक्न नसक्दा बैंगलोर मध्यम स्कोरमै समेटिएको थियो।
बैंगलोरलाई मध्यम स्कोरमै रोक्न एनरिच नोट्र्जेले ३ विकेट झारे। त्यस्तै कगिसो रबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट हात पारे।
जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउँदै १५३ रनको लक्ष्य भेट्टायो।
दिल्लीका लागि अजिंक्या रहानेले ६० तथा शिखर धवनले ५४ रन जोडे। त्यस्तै मार्कस स्टोनिसले १० रन बनाए।
दिल्लीका २ विकेट शाहबज अहमदले बैंगलारका लागि लिए। त्यस्तै मोहम्मद सिराज र वासिङ्टन सुन्दरले १-१ विकेट हात पारे।
दिल्लीसँग पराजित भएपनि बैंगलोर प्ले अफमा पुगेको छ। १४ खेलबाट १४ अंक बटुलेको बैंगलोर नेट रनरेटका आधारमा प्ले अफ पुगेको हो। बाँकी एक टिमको भने टुङ्गो लाग्न बाँकी छ। प्ले अफमा पुग्ने अर्को टिमको टुङ्गो मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलले निर्धारण गर्नेछ।
मुम्बई विरुद्धको खेलमा जित हात पार्न सके हैदराबाद प्ले अफमा पुग्नेछ भने पराजित भएको खण्डमा कोलकाताले प्ले अफ खेल्नेछ ।
शिर्ष २ टोलिले फाईनलका लागी क्वालिफायर खेल्नेछन् भने तेश्रो र चौँथो टोलिले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर जित्ने टोलिले सिधै फाईनल खेल्नेछ भने हार्ने टोलिले एलिमिनेटरको विजयी टोलिसँग अर्को एक खेल खेल्नेछ । उक्त खेल जित्ने टोलिले फाईनल खेल्नेछ ।