शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दुई समूहको उम्मेदवारी

१८ कार्तिक, २०७७ १५:१७ मा प्रकाशित

711 पटक पढिएको

fncci candidates 2020

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान समूहले उम्मेदवारी घोषणा गरेका हुन् ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रधानले वरिष्ठ उपाध्यक्षका लागि सोमबार आफ्नो उम्मेदबारी घोषणा गरेका हुन् । पछिल्लो २८ वर्षदेखि उद्योग बाणिज्य क्षेत्रमा सक्रिय भएर लागेको बताउँदै प्रधानले महासंघलाई मन्दिर सम्झेर काम गर्ने बताए । प्रधानले आफ्नो समूह उद्योगी व्यवसायीको समस्या समाधान गर्न सक्षम रहेको दाबी गरेका छन् ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरे । यसअघि बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल समूहले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

ढकालको समूहबाट जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षतर्फ वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाईले उम्मेदबारी घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome