शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

थप ३,११४ जनामा कोरोना पुष्टि : ३,१४२ डिस्चार्ज, हालसम्म १,००४ जनाको मृत्यु

१८ कार्तिक, २०७७ १७:३२ मा प्रकाशित

627 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३१ सय ४२ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या हजार नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या मंगलबार एक हजार ४ पुगेको हो।

अहिले आइसोलेसनमा ३७ हजार ४७६ जना रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome