बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

मुम्बईमाथि शानदार जित निकाल्दै हैदराबाद एलिमिनेटरमा

१९ कार्तिक, २०७७ ०८:२७ मा प्रकाशित

798 पटक पढिएको

delhi capitals vs sunrisers hyderabad

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रीकेटको पहिलो चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्ले अफमा पुगेको छ।

सारजह क्रिकेट रंगशालामा हिजो भएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको हैदराबादले मुम्बईलाई निर्धारित २० ओभरमा ८ विकेट लिँदै १४९ रनमा रोकेको थियो। १५० रनको लक्ष्य हैदराबादले कुनै विकेटको क्षति बिना १७.१ ओभरमै भेट्टायो।

हैदराबादका लागि डेभिड वार्नरले ८५ रन जोडे। उनले ५८ बलमा १ छक्का र १० चौका हिर्काए। त्यस्तै रिद्धिमान साहले ४५ बलमा ५८ रन जोडे।

यसअघि ब्याटिङ गरेको मुम्बईका लागि किएरोन पोलार्डले ४१ तथा सूर्यकुमार यादवले ३६ रन बनाए। त्यस्तै इशान किसनले ३३ तथा क्वीन्टन डि ककले २५ रन जोडे। अन्य ब्याट्समेन भने चल्न सकेनन्।

मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए। त्यस्तै ज्यासोन होल्डर र शाहबज नदिमले समान २-२ विकेट हात पारे।

जितसँगै कोलकाता नाइट राइडर्सलाई नेट रनरेटका आधारमा पछी पार्दै हैदराबाद प्ले अफमा पुग्न सफल भयो भने कोलकाता बाहिरियो।

शिर्ष २ टोलि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले फाईनलका लागी क्वालिफायर खेल्नेछन् भने तेश्रो र चौँथो टोलि रोयल च्यालेन्जर्स बैंगलोर र हैदराबादले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर जित्ने टोलिले सिधै फाईनल खेल्नेछ भने हार्ने टोलिले एलिमिनेटरको विजयी टोलिसँग अर्को एक खेल खेल्नेछ । उक्त खेल जित्ने टोलिले क्वालिफायर जित्ने टोलिसँग फाईनल खेल्नेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome