बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

कागेश्वरीमा हालसम्म १,०५१ जनामा कोरोना पुष्टी, १० जनाको मृत्यु

१९ कार्तिक, २०७७ ०८:४७ मा प्रकाशित

711 पटक पढिएको

corona positive

काठमाडौं – गत २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। मंगलबार थप ४२ पुरुष र १८ महिला गरी ६० जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ। नगरपालिका अनुसार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।

मंगलबार थपिएका ६० संक्रमितसहित नगरपालिकामा हालसम्म संक्रमितको संख्या १ हजार ५१ पुगेको छ। यस्तै १० जनाको मृत्यु भएको छ। नगरपालिकाका अनुसार संक्रमितमध्ये ८२६ जनाले स्वास्थ्य लाभ गरेका छन्।

९ नम्बर वडामा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। उक्त वडामा हालसम्म ३५५ जना संक्रमितमध्ये २७२ जना निको भएका छन्। त्यसपछि ६ नम्बर बडामा संक्रमण देखिएको छ। १ नम्बर वडामा भने कम संक्रमण देखिएको छ। १ नम्बर वडामा २६ संक्रमितमध्ये १८ जना निको भएको र ८ जना सक्रिय संक्रमित रहेको नगरपालिकाले जनाएको छ।

कोरोना संक्रमण तीव्र फैलिएको भन्दै नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न, साबुनपानीले राम्ररी हात मिचीमिची धुन नगरवासीलाई आग्रह गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome