बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

धापसीमा धारिलो हतियार प्रहार गरी हत्या : फरार समुह पक्राउ

१९ कार्तिक, २०७७ ०९:०४ मा प्रकाशित

328 पटक पढिएको

murder accused in custody

काठमाडौं – महानगरिय प्रहरी बृत महाराजगन्ज, महानगरिय प्रहरी परिसर टेकु र महानगरिय अपराध महाशाखाद्वारा संयुक्त रुपमा परिचालित प्रहरी टोलिले धापसीमा धारिलो हतियार प्रहार गरी हत्या गरि फरार समुहलाई पक्राउ गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ५ धापसीस्थित देवी मन्दिर परिसरमा जिल्ला गोर्खा अजिरकोट गाउँपालिका वडा नं. ६ शिव मन्दिर बस्ने बर्ष २४ को आशिष मगरलाई अज्ञात व्यक्तीहरुको समुहले कुटपिट गरी छातिमा धारिलो हतियार प्रहार गरी घाईते बनाई फरार भएको थियो ।

घाईतेलाई तत्काल उपचारको लागि काठमाडौको बसुन्धरास्थित चिरायु अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा महानगरिय प्रहरी बृत महाराजगन्ज, महानगरिय प्रहरी परिसर टेकु र महानगरिय अपराध महाशाखाद्वारा संयुक्त रुपमा परिचालित प्रहरी टोलिले घटनामा संलग्न रहि भागी फरार भएका संखुवासभा जिल्ला घर भई हाल काठमाडौंको टोखा नगरपालिका ५ धापासी बस्ने बर्ष १९ को दोर्जे शेर्पा र बर्ष २६ को डेडे भन्ने रामलाई पक्राउ गरी अनुसन्धान भईरहेको महानगरिय प्रहरी बृत महाराज्गन्जका प्रमुख रोशन खड्काले जानकारी दिनु भयो ।

killled after getting stabbed

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome