आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

बुढानीलकण्ठ दुर्घटनाका आरोपित मल्ल ५ लाख धरौटीमा रिहा

३ श्रावण, २०७७ ०६:४७ मा प्रकाशित

386 पटक पढिएको

accused prithvi malla

काठमाडौं, ३ श्रावण :बुढानीलकण्ठमा भएको कार दुर्घटनाका चालकलाई धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । यससँगै चालक पृथ्वी मल्ल डिल्लीबजार कारागारबाट छुटेका छन् ।

यसअघि २८ मंसिरमा बुढानीलकण्ठ-५ मा बा१४च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।

अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएको थियो ।

डिल्लीबजार कारागारमा ५ लाख रुपैयाँ धरौटी तिरिसकेको उल्लेख गर्दै थुनामुक्त गर्न अदालतले पठाएको पत्र पुगेको थियो । त्यसपछि बिहीबार उनलाई छाडिएको हो ।

उनी २३ पुसदेखि लामो समय कारागार छल्दै चिरायु अस्पतालमा बसेका थिए । तर, करागार प्रशासनले छानविनको तयारी गरेपछि उनी पुनः कारागारमा आएका थिए ।

कारमा मल्लसहित नायिका परमिता राणा, करिश मास्के र एलिना थापा थिए । राणाले फेसबुकमा लामो स्टाटस लेख्दै चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको बताएकी थिइन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome