मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

शान्ति भड्काउने अभिव्यक्ति दिएको आरोपमा पुण्य गौतम पक्राउ

१९ कार्तिक, २०७७ १६:३२ मा प्रकाशित

477 पटक पढिएको

punya gautam

काठमाडौं – शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

गौतमलाई बुधबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome