शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,८७८ सहित देशभर थप ३,३०९ जनामा कोरोना पुष्टि, ३,८४४ डिस्चार्ज

१९ कार्तिक, २०७७ १६:४७ मा प्रकाशित

548 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ७८ सहित देशभर थप ३३ सय ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १५ सय ७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरेर १८ सय ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome